ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारबाही सिफारिस


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारबाही सिफारिस
काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरिएको छ । पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेको हो ।

यही जेठ १८ गते बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसाललाई कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको छ । केही दिनअघि एउटा टेलिभिजनमा प्रशारित अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको बताइएको छ ।