एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे वामदेव


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे  वामदेव
काठमाडौँ।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  बालकोट पुगेका छन् । 

बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन्  । पार्टी घोषणापछि वामदेवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् । 

उनले आगामी दिन महिनासम्म एकताका लागि पहल गर्ने अभियान घोषणा कार्यक्रममा समेत बताएका थिए ।