पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहन्छ : प्रचण्ड


खबरस्टोरी संवाददाता
८ मंसिर २०७८, बुधबार
पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहन्छ : प्रचण्ड

काठमाडौं। बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने बताएका छन् ।

उनले कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताए । उनले भने -'कांग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन् तर भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझ्दारी बनेको छ ।'

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको बताउदै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने बताए ।