प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको हो ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका दाहाल यसअघि संविधानसभा सदस्य पनि रहिसकेका छन् ।