प्रचण्डको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा


खबरस्टोरी संवाददाता
२४ पुष २०७८, शनिबार
प्रचण्डको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ।केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण पछि मात्रेै अन्य कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ ।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए।


भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।