प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले राखे फरक मत


खबरस्टोरी संवाददाता
१३ पुष २०७८, मंगलवार
प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले राखे फरक मत

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राखेका छन् । कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव पेश गरेका हुन । संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब नेता कार्कीले दिएका छन् । उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न समेत गरेका छन् ।