काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राखेका छन् । कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव पेश गरेका हुन । संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब नेता कार्कीले दिएका छन् । उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न समेत गरेका छन् ।