प्रचण्डले भने - संघीय र प्रदेशसभाको चुनाव मंसिरमा हुन्छ


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
प्रचण्डले भने - संघीय र प्रदेशसभाको चुनाव मंसिरमा हुन्छ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी मंसिरको पहिलो हप्तामा हुने बताएका छन्।

बर्दियाको बारबर्दिया–११ मा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले मंसीरमा चुनाव हुने निश्चित प्रायः भएको बताएका हुन्। चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको दाहालको भनाइ छ।

पूर्व प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन भन्दा अझै सहज हुने भएकाले संसदीय निर्वाचनमा एकै चरणमा गर्ने विषयमा छलफल भइरहेको बताए।