काठमाडौं आएलगत्तै उनी आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत अन्य शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देशबीच हितको विषयमा छलफल भएको थियो।
जियान्चाओ अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन् । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले आज विहान सुन्दरीजलस्थि बीपी संग्राहलयको भ्रमण गरेका थिए।