प्रचण्डपुत्री रेनु र बुहारी विना पनि पोलिट्व्युरो सदस्य


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
प्रचण्डपुत्री रेनु र बुहारी विना पनि पोलिट्व्युरो सदस्य
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पोलिट्ब्युरो गठन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो ।

पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाल र बुहारी बिना मगरको नाम समेत समेटिएको छ । उनीहरु भन्दा अधिंकाश सिनीयर महिला नेतृहरु पोलिटब्युरोमा नअटाएको एक नेताले बताए ।

अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको छ ।