प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउनु ः सर्वोच्च अदालत


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउनु ः सर्वोच्च अदालत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले ४ वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेका बस्नेतलाई पदबाट नहटाउन शुक्रबार न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।मन्त्रिपरिषद्ले आफूलाई हटाउनका लागि स्पष्टीकरण सोधेको भन्दै बस्नेत सर्वोच्च पुगेका थिए ।