पार्टीको नाममा विवाद भएपछि पत्रकार सम्मेलन गर्दै रवी लामिछानेको स्वतन्त्र पार्टी


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
पार्टीको नाममा विवाद भएपछि पत्रकार सम्मेलन गर्दै रवी लामिछानेको स्वतन्त्र पार्टी
काठमाडौ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

 आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको पार्टी प्रवक्ता डा.मुकुल  ढकालले जानकारी दिए ।राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएको छ।विराटनगर स्थायी घर भएका २९ वर्षी ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुन्। 

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकोमा चौतर्फी आलोचना भइरहेको छ, भने नामकै विषयलाई लिएर निर्वाचन आयोगमा समेत उजुरी परेको छ ।