काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लािग प्रत्यक्षतर्फ मंगलबार देशभर उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ ।
देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयका लागि निर्वाचन आयोगले बेलुका ५ बजेसम्मको समय तोकेको थियो । ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।
यसअघि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकतर्फ १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा निर्वाचन आयोगले आग्रह गरेको छ ।