प्रतिनिधिसभाको बैठक स्थगित


खबरस्टोरी संवाददाता
२१ पुष २०७८, बुधबार
प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । 

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३)  वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।