जनकपुर। प्रदेश नम्बर २ का नवनियुक्त दुई जना मन्त्रीले आज सपथ ग्रहण गरेका छन् ।
जनता समाजवादी पार्टी(जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादवले मन्त्री पदको शपथग्रहण गरेका हुन्। यादवले कानुन तथा प्रदेश मामिला मन्त्री र महतोले उद्योग पर्यटन तथा वन मन्त्रीको शपथ लिएका हुन्।