प्रधानमन्त्री देउवा आज लुम्बिनी जादै


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
प्रधानमन्त्री देउवा आज लुम्बिनी जादै
रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आज लुम्बिनी जाने भएका छन् ।

यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी गएका थिए ।विश्वविद्यालयमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले विशेष समारोहमा सम्बोधन गर्ने र स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ ।