प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट


खबरस्टोरी संवाददाता
२५ फाल्गुन २०७८, बुधबार
प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

काठमाडौं।  फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।  भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ । 

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो । उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । 

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।