प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा


खबरस्टोरी संवाददाता
१८ असार २०७९, शनिबार
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता  निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
बारा । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा शनिवार निजगढ पुगेका छन् ।  

यसै क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घाेषाणा गरेका छन् । 

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।