प्रधानन्यायाधीशमाथि महाअभियोगबारे गठबन्धनमा कुनै छलफल भएको छैन : माधव नेपाल


खबरस्टोरी संवाददाता
११ कार्तिक २०७८, बिहीबार
प्रधानन्यायाधीशमाथि महाअभियोगबारे गठबन्धनमा कुनै छलफल भएको छैन : माधव नेपाल

धनगढी।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउने/नलगाउने बारे  गठन्धनमा कुनै छलफल नभएको बताएका छन् ।

एमाले विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालले  पत्रकारसँग कुरा गर्दै अदालत र न्यायालय स्वतन्त्र रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई बदनाम गर्न खोजेको आरोप समेत लगाए।  

उनले तत्काल आफू कसैसँग पनि एकता नगर्ने तर निर्वाचनमा अरू पार्टीसँग तालमेल भने गर्ने बताए। यस्तै अध्यक्ष नेपालले पाँच दलीय सत्ता गठबन्धनले आगामी चुनावसम्म नै निरन्तरता पाउने बताए।