पश्चिम नवलपरासीको बर्दघाटबाट बन्दकर्ता पक्राउ


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
पश्चिम नवलपरासीको बर्दघाटबाट बन्दकर्ता पक्राउ

नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल ; प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।।

त्यस्तै एमसीसी बिरुद्धको आन्दोलनमा सार्वजनिक यातायात , शैक्षिक संस्था पसल लगायत बन्द छन् । लामो तथा छोटा दुरीका यहाँबाट छोड्ने गाडिहरु संचालनमा आउन सकेका छैनन् । सडकमा रहेका नीजि सवारी सधान र ट्रकहरु भने छिटफुट रुपमा संचालित छन् ।बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर अवरोध पु¥याएका छन् । त्यस्तै बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड भएको छ । यु.पी  ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ  ।