पेट्रोलियम पदार्थको मूल्य बढाउन बाध्यता, मूल्य हाम्रो काबु बाहिर छ: मन्त्री बडू


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
पेट्रोलियम पदार्थको मूल्य बढाउन बाध्यता, मूल्य हाम्रो काबु बाहिर छ: मन्त्री बडू
काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउन सरकार  बाध्य भएको र यो काबु बाहिरको अवस्था रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुस-युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा काबु बाहिरको अवस्था आएको बताएका हुन् । 

मन्त्री बडूले भने, 'यो हाम्रो काबुबाहिरको अवस्था रह्यो । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो अवस्थामा रहेको छ ।