प्युठानमा विप्लव नेकपाको सत्तारुढ दलसँग गठबन्धन


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
प्युठानमा विप्लव नेकपाको सत्तारुढ दलसँग गठबन्धन
प्युठान । प्युठानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने भएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा प्युठानमा सत्तारुढ दलसँग मिलेर चुनावमा भाग लिने गरि (विप्लव) नेतृत्वको नेकपाले सहमति गरेको हो । नेकपाले माण्डवी गाउँपालिकामा चुनावका लागि माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने सहमति गरेको हो ।