राई मुख्यमन्त्री नियुक्त, आजै शपथ


खबरस्टोरी संवाददाता
१६ कार्तिक २०७८, मंगलवार
राई मुख्यमन्त्री नियुक्त, आजै शपथ

प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन्  । 

नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गरेका हुन् । उनले आजै  आफ्नो पद तथा गोपनीयताको शपथ लिनेछन् ।