रुपन्देही जिससमा गठबन्धनका चपाईं विजयी


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
रुपन्देही जिससमा गठबन्धनका चपाईं विजयी
काठमाडाैँ ।  जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाईं २० मत ल्याई विजयी भएका छन्। भैरहवामा शनिबार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट गठबन्धनका चपाईं उम्मेदवार बनेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए। ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याएको निर्वाचन सहायक अधिकृत गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

यस्तै, महिला सदस्यमा कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन्।