राप्रपाका नेता बने प्रहरीका पूर्व दुई आइजिपी


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
राप्रपाका नेता बने प्रहरीका पूर्व दुई आइजिपी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व-जर्नेल निर्वाचित भएका छन्।

पूर्व-आइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।  पूर्व-आइजिपी रवीन्द्र प्रताप शाह १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  त्यसैगरी पूर्व-जर्नेल तथा स्पेनका लागि पूर्व-नेपाली राजदूत भरतबहादुर रायमाझीले ३४औँ ११ सय ९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।