'राप्रपाबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरणको प्रक्रिया प्रारम्भ'


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
'राप्रपाबाट नेतृत्व नयाँ पुस्तामा  हस्तान्तरणको  प्रक्रिया प्रारम्भ'

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस उपसभापति निधिले राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गरेका छन् । ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ उनले भनेका छन्। 

साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उनको नेतृत्वको राप्रपाले सहयोग पुर्याउनेछ भन्ने बिश्वास आफूले लिएको निधिले जनाएका छन् ।