राप्रपाका नयाँ पदाधिकारीको विजय उत्सव सुरु (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
राप्रपाका नयाँ पदाधिकारीको विजय उत्सव सुरु (फोटोफिचर)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अधिवेशनबाट विजयी भएका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले काठमाडौँको भृकुटिमण्डपमा विजय उत्सव मनाएका छन्। 


राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्।  यस्तै महामन्त्रीमा लिङ्देन प्यालनकै धवलशमशेर राणा विजयी भएका छन् ।


तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन् । 


त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन् ।