राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता आज, माओवादीबाट को को छन् उम्मेदवार ?


खबरस्टोरी संवाददाता
२० पुष २०७८, मंगलवार
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता आज, माओवादीबाट को को छन् उम्मेदवार ?

काठमाडौँ।  नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ। सोमबार माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । उम्मेदवारको नाम चयनको जिम्मा पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुंगो लगाएका हुन् ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार बनाउने भएको हो । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आउँदो माघ १२ गते चुनाव हुँदैछ भने  आज (मंगलबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।