राष्ट्रिय सभामा पनि पहिलो दल बन्यो कांग्रेस


खबरस्टोरी संवाददाता
१२ माघ २०८२, आईतवार
राष्ट्रिय सभामा पनि पहिलो दल बन्यो कांग्रेस

काठमाडौं । विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ । 

आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिलो दल बनेको हो । यसअघि तत्कालिन नेकपा माओवादी केन्द्र पहिलो दल थियो भने नेपाली कम्युनिस्ट पार्टी बनेसँगै झनै ठूलो दल बनेको थियो । 

आइतबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा ९५.६८ प्रतिशत मत खसेको थियो । राप्रपाले भने यो निर्वाचनमा भाग लिएन । नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भए । 

कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो । सोही सहमति कार्यान्वयनका क्रममा  १८ पदमा निर्वाचन हुँदा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो । सहमतिअनुसार एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो । लोसपाबाट बयोबृद्ध नेता महन्थ ठाकुर राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । लोसपाबाट निर्वाचित भएका ठाकुर जसपा नेपालमा समाहित भइसकेको छ । 

राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । बाँकी १८ पदका लागि आज चुनाव भएको थियो।

को को विजयी भए ?

कोशी प्रदेश

रोशनी मेचे, नेकपा एमाले

सोमनाथ पोर्तेल, नेकपा एमाले

सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस

मधेश प्रदेश

धमेन्द्र पासवान, नेपाली कांग्रेस

महन्थ ठाकुर, लोसपा

रञ्जित कर्ण, नेपाली कांग्रेस

रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

गीता देवकोटा, नेपाली कांग्रेस

प्रेमप्रसाद दंगाल, नेकपा एमाले

गण्डकी प्रदेश

जगत तिमिल्सिना, नेपाली कांग्रेस

सम्झना देवकोटा, नेकपा एमाले

लुम्बिनी प्रदेश

चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

बासुदेव जंगली, नेपाली कांग्रेस

रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

ललितजंग शाही, नेपाली कांग्रेस

मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

खम्मबहादुर खाती, नेपाली कांग्रेस

लीलाकुमारी भण्डारी, नेकपा एमाले