रत्नपार्कमा गठबन्धनको आमसभास्थलमा माओवादीको निर्वाचन बहिष्कार कार्यक्रम


खबरस्टोरी संवाददाता
२४ बैशाख २०७९, शनिबार
रत्नपार्कमा गठबन्धनको आमसभास्थलमा माओवादीको निर्वाचन बहिष्कार कार्यक्रम
काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनले हिजो आयोजना गरेको आमसभास्थलमा आज नेकपा (क्रान्तिकारी माओवादी) ले काठमाडौंको रत्नपार्कमा निर्वाचन बहिष्कारको कार्यक्रम राखेको छ ।  

नेकपा क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिले आज दिउँसो १ बजे आयोजना गर्न लागेको कार्यक्रममा सिपी गजुरेल प्रमुख अतिथि हुने बताइएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पछिल्लो समय निर्वाचन बहिष्कारको मुद्दालाई उचाल्दै आएको हो  ।