रविको परिचय फेरियो,बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
रविको परिचय फेरियो,बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।

काठमाडौको राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । पत्रकारसँग बोल्दै लामिछानेको दलमा १९ सदस्य रहेको बताए र दलको सभापतिमा आफु रहेको भन्दै निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेलगत्तै अन्य सदस्यहरुको पनि नाम खुलासा गर्ने बताए । यद्यपी उनले पार्टीमा नाम चलेका र चिनिएका अनुहार भने नरहेका,े देशले नचिनेको मुहार तर देशलाई चिनेको अनुहार रहेको उल्लखे गरेका छन् ।