समाजवादीका नेताहरु मन्त्री पद जोगाउन तछाडँमछाड,बालुवाटार गुहार्दै


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
समाजवादीका नेताहरु मन्त्री पद जोगाउन तछाडँमछाड,बालुवाटार गुहार्दै
काठमाडौ । नेकपा एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु पद जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् ।आजै मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न केही मन्त्रीहरु बालुवाटार पुगेका छन्।

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ पदबाट नहटाउन दबाब दिन बालुवाटार पुगेको स्रोतले जनाएको छ। 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दिएको पत्रमा हस्ताक्षर फिर्ता नलिएका मन्त्री तथा सांसदहरु प्रधानमन्त्रीलाई माग र अडान दोहो¥याउन भेट्न पुगेका हुन्।अध्यक्ष नेपाललाई लेखेको मागसहितको पत्रमा १० जनाले हस्ताक्षर गरेकोमा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले भने हस्ताक्षर फिर्ता लिइसकेका छन् ।