सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै  सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको जानकारी दिए । 

७९ अर्ब ३८ करोड रूपैयाँ स्वास्थ्य मन्त्रालयका लागि  विनियोजन गरिएको मन्त्री शर्माले जानकारी गराए ।