सरकारलाई गभर्नर माथिको कारबाही तत्काल फिर्ता गर्न एमालेको अपिल


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
सरकारलाई गभर्नर माथिको कारबाही तत्काल फिर्ता गर्न एमालेको अपिल
काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बनलाई तत्काल फिर्ता लिन अपिल गरेको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले चालेको यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था धराशायी बन्ने चेतावनी दिएका छन् ।वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गरि गभर्नरलाई पदमुक्त गरियो,यो नितान्त गलस अभ्यास भएको र मुलुकले यसको मोल चुकाउनुपर्ने छ, पौडेलले भने।

पौडेलले गभर्नरमाथिको कारवाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिनुपर्नेमा जोड दिए ।