प्रचण्डको परिवारवादः सार्वजनिक कार्यक्रममै घेराबन्दी !


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
प्रचण्डको परिवारवादः सार्वजनिक कार्यक्रममै घेराबन्दी !
काठमाडौ । नेपाली राजनितीमा चतुर खेलाडी मानिने माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेलाबेलामा परिवारकै कारण विवादमा मुछिने गर्छन् । कहिले छोरीका नाममा, कहिले ज्वाईका नाममा त कहिले बुहारीका नाममा ।भरतपुर महानगरपलिकाको मेयर रहेको छोरी रेणु, मन्त्री बनिसकेकी बुहारी बिना, पार्टी केन्द्रिय समिती तथा स्वकिय सचिवमा अर्की छोरी गंगा, त्यस्तै परिवारका अन्य सदस्यमध्ये ज्वाई जीवन आचार्य, राजनितीक सल्लाहकारमा ज्वाई अर्जुन पाठक लगायत परिवारको झुण्डमा फेरि थपिएका छन् भाई नारायण दाहाल पार्टी केन्द्रिय सदस्य समेत रहेका दाहाल हालै मात्र राष्ट्रिय सभा सदस्यको मनोनयनमा परेका छन् ।

तत्कालीन माओवादी जनयुद्धको सर्वोच्च कमान्डर तथा अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै बेला असमानता, नातावाद र कृपावादको सबैभन्दा बढी विरोध गर्थे । तर जब तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी र पार्टीका नेताहरुको बोली र व्यवहार बिल्कुल फरक हुँदै गएको आम कार्यकर्ताको गुनासो रहदै आएको छ । 

संजोगले हो या सन्दर्भका कारण आगामी बैशाख ३० को आसन्न स्थानिय तहको निर्वाचनमा गृहजिल्ला चितवनको दौडधुपमा रहेका दाहाल शनिवार आयोजित प्रज्ञा स्मृति साइक्लिङ्ग म्याराथन–२०२२ का उद्घाटन कार्यक्रमको मञ्चमा परिवारले घेरिएको अवस्थामा देखिए । मञ्चमा छोरी रेणुसँगै अर्की छोरी गंगाको पछाडि जेठा ज्वाई सागर केसी र उनको नजिकैमा नातिनी पनि सार्वजनिक कार्यक्रममा सिगै परिवार माझ देखिए प्रचण्ड।

यतिबेला छोरी रेणुलाई पुन भरतपुर महानगरको मेयरमा दोहोराउने गरि सत्ताधारी दल नेपाली काग्रेससँग सम्झौता गरिसकेका दाहाल आफ्नो निर्वाचन क्षेत्रमा माहौल बनाउन सक्रिय छन् । सत्ता गठबन्धन दलहरुबीच वैचारिक भन्दा पनि पदीय भागबण्डाका आधारमा निर्वाचनमा एक भएर जाने भएका छन् ।