संसद बैठक आइतबारसम्मका लागि स्थगित


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
संसद बैठक आइतबारसम्मका  लागि  स्थगित

काठमाडौं।  संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । 

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।