संसद बैठक स्थगित आइतबार बस्ने


खबरस्टोरी संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार
संसद बैठक स्थगित आइतबार बस्ने

काठमाण्डौँ ।  प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो ।