संसद बैठकको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल


खबरस्टोरी संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार
संसद बैठकको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल

 काठमाडौँ। प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद सचिवालयले एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव राख्दै कार्यसूची सार्वजनिक गरेको हो । 

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । बैठक शुक्रबार दिउँसाे १ बजे बस्नेछ।