संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

काठमाडौं। प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो । 

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।