संसद बैठकमा आज पनि एमालेको नाराबाजी


खबरस्टोरी संवाददाता
६ पुष २०७८, मंगलवार
संसद बैठकमा आज पनि एमालेको नाराबाजी

काठमाडौँ।  प्रतिनिधिसभाको बैठकमा आज (मंगलबार) पनि एमाले सांसदहरूको नाराबाजी गरेका छन् । बैठक सुरु भएदेखि नै एमाले सांसदहरुले नाराबाजी गरिरहेका हुन्।

नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ। आफूबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी वैधानिक नरहेको भन्दै एमालेले संसद बैठकमा अवरोध गर्दै आएको हो।