सांसद ज्ञवाली भन्छन्- देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ?


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
सांसद ज्ञवाली भन्छन्-  देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ?
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा प्रस्ताव राखेको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले धेरै अग्रसरता लिएको उनले बताए।

‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको?,’ ज्ञवालीले प्रश्न गरे, ‘यसबारे सदनले थाहा पाउन जरूरी छ।’ प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आएका छन्।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन।