सांसद खगराजले भने - 'हराएको २४ लाख कोभिडविरुद्धको खोप कहाँ गयो ?'


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
सांसद खगराजले भने - 'हराएको २४ लाख कोभिडविरुद्धको खोप कहाँ गयो ?'
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले हराएको २४ लाख मात्रा खोपबारे सरकारसँग जवाफ मागेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले हराएको खोपबारे सरकारले उत्तर दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘२४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएका कारण हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन?'

उनले १३९ वटा औषधि त पहिलै निशुल्क भएको भन्दै नीति तथा कार्यक्रम र बजेटमा नयाँ कुरा नआएको बताए । 

स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको भन्दै जनताको स्वास्थ्यप्रति यो सरकार जवाफदेही छ ?  भन्दै सरकारलाई प्रश्न गरे । 

गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढी बजेट घटाएको भन्दै सांसद खगराजले आक्रोश समेत व्यक्त गरे।