संसद्ले एमसीसीे पारित गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा रिट


खबरस्टोरी संवाददाता
९ फाल्गुन २०७८, सोमबार
संसद्ले एमसीसीे पारित गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा रिट

काठमाडौं । एमसीसी सम्झौता संसद्ले पारित गर्न नमिल्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारील रिट पेस गरेका हुन्,भोलि मंगलबार मात्र उक्त रिट निवेदनका माग र दर्ता हुने वा नहुनेबारे निर्णय हुने सर्वोच्चले जनाएको छ।फागुन १२ गतेको प्रतिनिधि सभा बैठकले एमसीसी सम्झौता पारित गर्ने सम्भावना रहेकाले अन्तरिम आदेशमार्फत रोक्नुपर्ने जिकिर रिटमा गरिएको छ।

नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधि सभामा एमसीसीको प्रक्रिया अघि नबढाउनू भनी अन्तरिम आदेश जारी गर्नुपर्ने मागदाबी रिटमा गरिएको छ।