संसदीय समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्रीले प्रतिनिधित्व गर्ने


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
संसदीय समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्रीले प्रतिनिधित्व गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। 

 समितिले उनलाई आजको बैठकमा सहभागी हुन बोलाएको थियो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा समितिको बैठकमा नजाने भएका हुन्। बैठकमा गृहमन्त्री बालकृष्ण खाँण प्रधानमन्त्रीको तर्फबाट उपस्थित हुनेछन्।

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो।