शनिबार एक सार्वजनिक कार्यक्रममा कोइरालाले ७४ को चुनावमा आफुले ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।यद्यपी २०७४ सालको निर्वाचनमा आयोगले उम्मेदवारको खर्चको सीमा २५ लाख निर्धारण गरेको थियो । डा.कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी २१ लाख ७५ हजार मात्रै उल्लेख रहेको र सोहि विषयमा हालै मात्र दिएको अभिव्यक्ति बाझिएपछि आयोगले यसबारे कोईरालाई ध्यानाकर्षण गराएको हो । ा २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो। कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए।