सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल नै स्थगन गर्नु ठीक कुरा होइन


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल नै स्थगन गर्नु ठीक कुरा होइन
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् ।  

रासायनिक मलको अभावबारे नेकपा एमालेका सांसदहरुले छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए । 

नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए । ने

नेकपा माओवादी केन्द्रकी रामकुमारी चौधरीले पनि किसानहरू मलको अभावमा पिल्सिरहेको भन्दै यो समस्या आजमात्र सिर्जना नभएको बताइन् । नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले मलको अभावले किसान मर्कामा परेको र यो समस्याको दिगो समाधान भनेको स्वदेशमै मल कारखाना स्थापना गर्नु नै रहेको प्रस्ट पारे ।