सत्तारुढ दल एमसीसीको विरोध गर्दै सडकमा


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
सत्तारुढ दल एमसीसीको विरोध गर्दै सडकमा

काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) एमसीसीको विरोध गर्दै सडकमा उत्रिएको छ ।राजधानीको बानेश्वर स्थित संसद भवन अगाडि माओवादी केन्द्रका कार्यकर्ताहरु सडमा उत्रिएर आन्दोलन थालेका छन् ।

सत्ता र सडक दुवैमा एकैसाथ उत्रिएको माओवादी केन्द्रभित्र एमसीसीको विषयलाई लिएर व्यापक विरोध भईरहेको छ ।एमसीसीविरूद्ध आन्दोलनरत विभिन्न ५ राजनीतिक दलहरूले आज बुधबार नेपाल बन्दको घोषणा समेत गरेका छन्, यद्यपी राजधानीमा बन्दको प्रभाव भने खासै देखिएको छ्रैन् ।भर्खरै मात्र सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय समेत गरेको छ ।