स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि एमालेले डाक्याे सचिवालय बैठक


खबरस्टोरी संवाददाता
१९ माघ २०७८, बुधबार
स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि एमालेले डाक्याे सचिवालय बैठक

काठमाडौं। आगामी जेठमा स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बाेलाइएकाे बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । 

एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।