।जुन लडाइँमा कौरवहरुलाई साथ दिने की पाण्डबलाई साथ दिने भन्दै थापाले सत्यको साथ दिन आम रुपमा अपिल गरेकी छन् । खुलामञ्चमा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै रेखाले राप्रपालाई पाण्डव र अन्य दलहरूलाई कौरवको संज्ञा दिदै यस खालको अभिव्यक्ति दिएकी हुन् ।बडो जोसका साथ मन्तव्य दिदै उनले सत्यको साथ दिने कि असत्यको ? तपाईँहरूको हातमा छ । कस्तो देश बनाउने ? तपाईँहरूले सोच्नुपर्छ ।’दलहरूले जनतालाई माग्ने र दासी बनाएको आरोप समेत लगाइन् ।
सिउँदोमा सिन्दूर लगाएर सभामा पुगेकी रेखा हालै मात्र जाजरकोटका अमेरिका बस्दै आएका बलराम शाहिसँग विवाहवन्धनमा बाँधिएकी हुन् । निर्माता छविराज ओझासँग पहिलो विवाह गरेकी थापा र ओझाको सम्बन्धमा दरार आएपछि उनीहरुबीच डिभोर्स भएको थियो ।
मओवादीबाट राजनितीक यात्रा थालेकी रेखा राप्रपाको महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् । कमल थापानिकट मानिएकी थापा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।
।