संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिने


खबरस्टोरी संवाददाता
२१ पुष २०७८, बुधबार
संयुक्त बैठकलाई प्रधानमन्त्रीले  निर्देशन दिने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएको छ । 

समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उनले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।