शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । 

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।